News
अन्तिम खेलमा मंगोलियासँग पनि हार्यो नेपाल

काठमाडौं । कतारमा भएको एएफसी यु–१७ एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा पनि हार बेहोरेको छ ।
आइतबार राती सम्पन्न खेलमा नेपालले मंगोलियासँग ०–१ को हार बेहोरेको हो । समूह चरणतर्फ नेपालको यो लगातार तेस्रो हार पनि हो । यसअघि जापानसँग ९–२ र घरेलु टोली कतारसँग ५–० को हार बेहोरेको थियो ।
त्यस्तै समूह एफतर्फको अर्को खेलमा जापानले कतारमाथि ५–० को जित निकाल्दै शतप्रतिशत नतिजाका साथ अर्को वर्ष हुने एएफसी यु–१७ एसियन कप छनौटमा स्थान बनाउन सफल भयो ।
समूह एफमा तीन खेलबाट ९ अंक जोडेको जापान शिर्ष स्थानमा रहँदा ६ अंक जोडेको कतार दोस्रो स्थानमा रह्यो । ३ अंकका साथ मंगोलिया तेस्रो स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा रह्यो ।
Post Comments
Related News
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट