News शिवनगर, एलसीए र दोभान क्वाटरफाइनलमा
सुरज राना मगर

दोभान । यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शिवनगर युवा परिवार, वेल ब्वाईज फुटबल क्लब र आयोजक दोभान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्थानीय देभान फुटबल मैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ शिवनगरले भगवती फुटबल क्लबलाई २–० ले हरायो । खेलमा शिवनगरका निखिल पुन म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा एलसीए फुटबल क्लबले वेल ब्वाईज एफसीलाई ४–१ ले पराजित गर्यो । खेलमा एलसीएका समिर राना म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम खेलमा आयोजक दोभानले झरना युवा क्लबमाथि ६–० को फराकिलो जित दर्ता गर्यो । खेलमा दोभानका मिलन आले मगर म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १३ गतेका दिन हुनेछ ।

 

Post Comments