काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणतर्फ अन्तिम खेलमा पनि प्रभावशाली जित निकाल्दै आयोजक नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार समूह बी तर्फको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० ले हरायो । दशरथ रंगशालामा भएको खेलको आठौं मिनट मै सबिता राना मगरको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । ११औं मिनटमा साबित्रा भण्डारीले त्यो अग्रता दोब्बर पार्दा लगतै १३ र ३६औं मिनटमा रेखा पौडेलले लगातार दुई गोल गर्दै घरेलु टोलीको अग्रता ४–० को स्थितिमा ल्याएकी थिईन् ।
खेलमा एकतर्फी दबाब कायम गरेको नेपालका लागि ४७औं मिनटमा अमिषा कार्कीले पाँचौं गोल गर्दा अन्तिमतिर इन्जुरी समयमा रश्मी घिसिङले छैठौं गोल गर्दै नेपालको फराकिलो र प्रभावशाली जित पक्का गरेकी थिईन् ।
यो जितपछि ३ खेलबाट ७ अंक जोडेको नेपाल राम्रो गोलभिन्नताका आधारमा समूह बी को शिर्ष स्थानमा रहेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्नेछ । त्यस्तै समान ७ अंक भए तापनि दोस्रो स्थानमा रहँदै भुटान समूह उपविजेता बनेको छ । साथै भुटानले सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग खेल्नेछ । दुवै सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।
त्यसैगरी नेपाल कै समूहमा रहेका श्रीलंका ३ अंक जोड्दै तेस्रो स्थानमा र अंकविहीन माल्दिभ्स पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएका छन् ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- अन्जनको गोल तर बराबरीमा रोकियो बसुन्धरा किंग्स
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै