News
यु-१७ एसियन कप छ्नौट: जापानसँग निरीह नेपाल

काठमाडौ । एएफसी यु-१७ एसियन कप छ्नौटको बुधबारदेखि शुरु समूह एफतर्फको खेलमाअ नेपालले निशाजनक शुरुवात गरेको छ ।
कतारको दोहामा भएको समूह चरणको आफ्नो पहिलो खेलमा बुधबार राती नेपालले डिफेन्डिङ च्याम्पियन समेत रहेको चारपल्टको विजेता जापानसँग ९-२ को अन्तरले पराजित हुँदै निराशाजनक शुरुवात गरेको हो ।
खेलमा शुरुवाती अग्रता नेपालले नै लिएको थियो । सबिन कुमारले नेपालका लागि सनसनीपुर्ण शुरुवाती गोल गरेतापनी त्यसपछी जापान पुर्ण हावी बन्यो । जापानका लागि दाइची तानीले चार गोल गरे । हिरोतो आसादाले पनि ह्याटीक पूरा गर्दा मिबुकी कासाई र काइजी चोनानले थप एक-एक गोल गरेका थिए ।
नेपालका लागि भने दोस्रो गोल बिज्ञान खड्काले गरेका थिए । यद्यपि नेपालको फराकिलो हार टार्न त्यो दुई गोल पर्याप्त बनेन ।
त्यस्तै नेपाल कै समूह बी तर्फ अर्को खेलमा आयोजक कतारले मंगोलियामाथि २–० को जित निकाल्दै विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा कतारको सामना गर्नेछ भने सोही दिन जापानले मंगोलियासँग् खेल्नेछ ।
Post Comments
Related News
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट