
काठमाडौं । एएफसी य–१७ एसियन कप छनौटतर्फ नेपालले समूह चरणतर्फको पहिलो खेलमा बुधबार राती चारपल्टको विजेता तथा साविक विजेता समेत रहेको एसियन पावर हाउस जापानसँग खेल्दैछ ।
छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले आज राती नेपाली समयअनुसार १०ः३० बजे जापानसँग खेल्ने भएको हो । सनु १९९४, २००६, २०१८ र २०२३ गरी कुल चारपल्ट यो उपाधि जितिसकेको जापान यसपटक पनि दावेदारका रुपमा रहेको छ ।
नेपालले जापान बाहेक कार्तिक ९ गते शुक्रबारका दिन आयोजक कतार र कार्तिक ११ गते आइतबारका दिन तुलनात्मक रुपमा कमजोर आँकिएको मंगोलियाको सामना गर्नेछ ।
समूहको शिर्ष टोली अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि सोझै छनौट हुनेछ भने दोस्रो स्थानमा रहने टोलीको उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा फाइनल चरणका लागि छनौट हुने सम्भावना रहनेछ ।
(तस्विरः कतार पुगेपछि सामुहिक तस्विर खिचाउँदै नेपाली यु–१७ फुटबल टोली ।)
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने