News दोभान कपः युनाइटेड युथ (बी) र वेल ब्वाईजको जित
सुरज राना मगर

दोभान । यहाँ जारी दोस्रो दोभान कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत युनाइटेड युथ फुटबल क्लब (बी) र वेल ब्वाईज फुटबल क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा युनाइटेड युथले सिद्धार्थ क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा युनाइटेड युथका गोविन आले मगर म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा वेल ब्वाईजले फाईट फ गो फुटबल क्लबलाई पेनाल्टी शुटआउट मै ४–३ ले हरायो । त्यसअघि यी दुई टोलीले पनि निर्धारित समयको खेल १–१ गोलको बराबरी खेलेका थिए । खेलमा वेल ब्वाईजका प्रतिक ठकुरी म्यान अफ दि म्याच चुनिए ।

दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक १३ गतेका दिन हुनेछ ।

Post Comments