News दोस्रो दोभान कपमा न्यु ब्वाईज र नव जिवनको विजयी शुरुवात
सुरज राना मगर

दोभान । गाउँघरमा फुटबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थानीय युवाहरुद्वारा स्थापित दोभान फुटबल क्लब, दोभान, पाल्पाको आयोजनामा दोस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

दोभान, पाल्पा स्थित आयोजक क्लबकै मैदानमा भएको प्रतियोगिताको पहिलो दिन न्यु ब्वाईज फुटबल क्लब र नवजीवन फुटबल क्लबले विजयी शुरुवात गरेका छन ।

पहिलो खेलमा न्यु ब्वाईजले पिसल्याण्ड एफसीलाई १०-० को फराकिलो अन्तरले हरायो खेलमा न्यु ब्वाईजका प्रवेश सुनारी म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा नवजीवनले चिडिया ब्वाईजलाई ३-० ले हरायो । खेलमा नवजीवनका रिजन सिङ्जाली म्यान अफ दि म्याच घोषित भए ।

यही कार्तिक १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधीसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

Post Comments