News
लिसिबुङ एफ. सि.लाई चुहानडॉडा खुल्ला पुरूष फुटबलको उपाधि
आठराई । तेह्रथुमको आठराईमा सम्पन्न तेस्रो चुहानडाँडा खेलकुद कार्यक्रमको खुल्ला पुरूष फुटबलतर्फको उपाधि लिसिबुङ फुटबल क्लबले हात पारेको छ।उपाधिसंगै लिसिबुङले एक लाख सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो ।
तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनलमा आयोजक चुहानडॉडा खेलकुद विकास समितिलाई २(१ गोल अन्तरले पराजित गर्दै लिसिबुङले उपाधि जितेको हो ।
वडा नं ६ चुहानडॉडाको आर्थीक सहयोगमा असोज १९ गते देखि शुरू भएको प्रतियोगिताको उपविजेता बनेको घरेलु टोली चुहानडॉडाले पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि