News लिसिबुङ एफ. सि.लाई चुहानडॉडा खुल्ला पुरूष फुटबलको उपाधि
गोलनेपाल

आठराई । तेह्रथुमको आठराईमा सम्पन्न तेस्रो चुहानडाँडा खेलकुद कार्यक्रमको खुल्ला पुरूष फुटबलतर्फको उपाधि लिसिबुङ फुटबल क्लबले हात पारेको छ।उपाधिसंगै लिसिबुङले एक लाख सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो ।

तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनलमा आयोजक चुहानडॉडा खेलकुद विकास समितिलाई २(१ गोल अन्तरले पराजित गर्दै लिसिबुङले उपाधि जितेको हो ।

वडा नं ६ चुहानडॉडाको आर्थीक सहयोगमा असोज १९ गते देखि शुरू भएको प्रतियोगिताको उपविजेता बनेको घरेलु टोली चुहानडॉडाले पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments