News
नवौं बुढानिलकण्ठ नगर कपको तयारी पूरा (खेलतालिकासहित)

काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा शुक्रबारदेखि शुरु हुन गईरहेको नवौं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुढानिलकण्ठ स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल असोज २५ गतेका दिन हुनेछ ।
Post Comments