झापा । झापाको अर्जुनधारा १ स्थित टेकमान रंगशालामा आजदेखि सुरु भएको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगितामा शनिश्चरे एफसीले विजयी सुरुवात गरेको छ ।
उपाधिको दाबेदार मानिएको टोली बिर्तामोडको न्यू स्टार क्लबलाई १-० गोलले हराउँदै शनिश्चरेले क्वाटरफानल खेलम स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा निमा तामाङले गरेको गोल नै निर्णायक बनेको थियो । उनी प्लेयर अफ दी म्याच बने ।
शनिश्चरेका लागि देवेन्द्र तामाङ, सौरभ सुब्बा, पेमा तामाङलगायतका सिनियर खेलाडी थिए । यस्तै, न्यू स्टारका लागि हिसुब थपलिया, सनम राईजस्ता अनुभवी खेलाडी मैदानमा थिए ।
अर्जुनधारा १ को डा.सा.ब. युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । असोज २३ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार र ट्रफी पाउने छ ।
मंगलबार अन्तिम प्रिक्वाटर फाइनल खेल आयोजक र जामुनखाडी एफसीबीच हुनेछ । प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनले गरेका थिए ।
प्रतियोगिता संयोजक बेनुकुमार राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सिताराम भट्टराई, हचुमासा वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईलगायतले आफ्ना भनाइ राखेका थिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक