News गोर्खा ब्वाईज स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको सेमिफाइनलमा
सुरज राना मगर

कुञ्जलापुर । उत्कृष्ट जितका साथ गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ गोर्खा ब्वाईजले योङ स्टार क्लब, मडाहालाई ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा गोर्खा ब्वाईजका लागि ह्याट्रिक गरेका रिचार्ड म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज १४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल जनज्योति क्लब, डिंगरनगर र फुलबारी गाईज, बुटवल बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।

स्व। खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

Post Comments