News अबुधाबीमा हुने ग्रीनलाईन दशैं कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । नेपाली समुदायद्वारा स्थापित रोयल आइक्याड फुटबल क्लब, अबुधाबी, युएईको आयोजनामा आउँदै गरेबो बिजयादशमीको अवसर पारी यही सेप्टेम्बर २८ तारीखका दिन हुन गईरहेको ग्रीनलाईन प्रथम दशैं कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अबुधाबी स्थित अल घजल गल्फ क्लबमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । एकदिने प्रतियोगितामा युएईमा रहेका नेपाली प्रवासी समुदायहरुको कुल १६ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

ग्रीनलाईन ट्राभल एण्ड जुरिजमको मूख्य प्रायोजन तथा हिमालयन बैंक लि. र माउण्ट ८८४८ रेष्टुरेण्ट, अबुधाबीको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ हजार युएई दिराम हात पार्नेछ भने उपविजेताले ३ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments