काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिग खेलिरहेका नेपालका चर्चित डिफेन्डर रोहित चन्दको टोलीले महत्वपूर्ण जित हात पारेको खेलमा रोहितले भने रातो कार्ड खाएका छन् ।
पेर्सिस विरुद्धको खेलमा रोहितको टोली पेर्सिक केदिरीले १–० को जित निकाले तापनि दोस्रो हाफमा रोहितले रातो कार्ड खान पुगेका थिए । टोलीको पहिलो रोजाई मै उत्रिएका रोहितले ६९औं मिनटमा रातो कार्ड खान पुगेका थिए ।
दश खेलाडीमा सिमित हुनुका बावजुद पेर्सिक केदिरीले खेलको अन्तिमतिर गोल गर्न सफल भएको थियो । ८२औं मिनटमा रामिरो फेरगोन्जीले केदिरीका लागि एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
यो नतिजापछि ६ खेलबाट ११ अंक जोडेको पेर्सिक केदिरी लिगतालिकाको छैठौं स्थानमा छ । पराजित पेर्सिस भने ३ अंकका साथ १५औं स्थानमा छ । शिर्ष स्थानमा भने १६ अंकका साथ अपराजित पर्सेबया रहेकोछ ।
रोहितको टोलीले आफ्नो आगामी खेल आउँदो शनिबार पिएसबिएस बियाक नमफोरसँग खेल्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने