
पथरी । यु के एफसी भारतलाई हराउदै संकटा एफ सि काठमाडौ मोरङको पथरी शनिश्चरेमा जारि अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । संकटाले २-० गोल अन्तरे पाहुना टोली युके एफ सिलाई पराजित गरेको छ ।
पहिलो गोल खेलको ३३ औं मिनेटमा संकटाका कृपा चौधरीले गोल गरे । चौधरीले वान भर्सेस वानमा प्रहार गरेको बल विपक्षि गोल किपर रुपक कोयाले बचाउन खोज्दा रिबाउन्स भएको बललाई जालि चुमाएका थिए । संकटाका लागि अतिरिक्त समयमा युवराज ढकालले गोल गर्दै खेल २-० गोल अन्तरले आफ्नो पक्षमा पार्यो ।
खेलको म्यान अफ द म्याच संकटाका पुस्कर खड्का घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली मंगलबारको चौथो खेल व्रिगेड ब्वाईज काठमाडौ र सिराहा सहलेस बिच हुने छ ।
प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।
