News एएफसी यु–२० एसियन कप छनौटः नेपालको जितमा समिरको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ समूह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा उत्कृष्ट जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईमाथि ३–१ को उत्कृष्ट जित हात पारेको हो ।

न्यु ताइपेई सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा नेपालका लागि समिर तामाङले ह्याट्रिक गरे । खेलको ३२औं मिनटमा समिरले पहिलो गोलको खाता खोलेका थिए । त्यसको तीन मिनट लगतै उनले त्यो अग्रता दोब्बर पारे । समिरको शुरुवाती दुई गोल दर्शनी पनि थियो ।

यद्यपि खेलको पहिलो हाफ कै इन्जुरी समयमा छाओ–जिङ याङले ताइपेईका लागि एक गोल फर्काए । पहिलो हाफसम्म २–१ को अग्रता कायम राखेको नेपालका लागि तेस्रो गोल पनि ८५औं मिनटमा समिर तामाङले गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीलाई महत्वपूर्ण जित दिलाए ।

नेपालले आफ्नो आगामी खेल बुधबार बलियो उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबार नै भएको समूह चरणको आफ्नो पहिलो खेलमा कम्बोडियालाई ७–० ले हराएको थियो ।

Post Comments