
काठमाडौँ । उपाधि रक्षा अभियानमा रहेको साविक विजेता वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
लैनचौर फुटसल मैदानमा सोमबार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २–१ ले हराएर सेमिफाइनलमा स्थान बनायो । निर्धारीत समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा वडा नं १६ का गोलरक्षक सुशान्त महत म्यान अफ दि म्याच घोषित भए ।
वडा नं १२ ले पनि सडनडेथमा वडा नं २६ लाई ७–६ ले हराएर अन्तिम चारमा स्थान बनाउन सफल भयो । सो खेलको निर्धारीत समय १–१ ले टुंगिएको थियो । वडा नं १२ का लागि मनोज महर्जन र वडा नं २६ का लागि साजन शाहीले गोल गरे । खेलमा विजयी टिमका रवि करञ्जित म्यान अफ द म्याच चुनिए ।
यसैगरी वडा नं ६ र वडा नं २१ पनि सेमिफाइनलमा पुगेका छन् । वडा ६ ले क्वाटरफाइनलमा वडा ९ लाई २–० ले पराजित गर्यो । सो खेलमा म्यान अफ दि म्याच राकेश लामा र रामचन्द्र भण्डारीले गोल गरे । अर्को क्वाटरफाइनलमा अनिकेत देउलाको गोल निर्णायक बनेपछि वडा २१ ले वडा ८ को चुनौती १–० ले समाप्त पार्यो । सो खेलमा साजन डगोल म्यान अफ दि म्याच बने ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा