काठमाडौँ । उपाधि रक्षा अभियानमा रहेको साविक विजेता वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
लैनचौर फुटसल मैदानमा सोमबार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २–१ ले हराएर सेमिफाइनलमा स्थान बनायो । निर्धारीत समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा वडा नं १६ का गोलरक्षक सुशान्त महत म्यान अफ दि म्याच घोषित भए ।
वडा नं १२ ले पनि सडनडेथमा वडा नं २६ लाई ७–६ ले हराएर अन्तिम चारमा स्थान बनाउन सफल भयो । सो खेलको निर्धारीत समय १–१ ले टुंगिएको थियो । वडा नं १२ का लागि मनोज महर्जन र वडा नं २६ का लागि साजन शाहीले गोल गरे । खेलमा विजयी टिमका रवि करञ्जित म्यान अफ द म्याच चुनिए ।
यसैगरी वडा नं ६ र वडा नं २१ पनि सेमिफाइनलमा पुगेका छन् । वडा ६ ले क्वाटरफाइनलमा वडा ९ लाई २–० ले पराजित गर्यो । सो खेलमा म्यान अफ दि म्याच राकेश लामा र रामचन्द्र भण्डारीले गोल गरे । अर्को क्वाटरफाइनलमा अनिकेत देउलाको गोल निर्णायक बनेपछि वडा २१ ले वडा ८ को चुनौती १–० ले समाप्त पार्यो । सो खेलमा साजन डगोल म्यान अफ दि म्याच बने ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा