
पथरी मोरङ । मोरङको पथरीमा शनिबारबाट शुरूभएको अन्तराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिस्चरे गोल्डकप २०८१ मा आयोजकले विजयी शुरूवात गरेको छ । शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा पॉचथर क्लबलाई २-१ गोलले पराजित गर्दै आयोजक इन्ट्रा पथरी ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाप शुन्य शुन्यमा सकिएको थियो भने दोस्रो हाप निर्णायक बन्यो । दोस्रो हापको पॉचौ मिनेटमा सनम धिमालले गोल गर्दै पथरी ११ लाइ अग्रता दिलाएको एक मिनेटमै पॉचथरका शुशिल लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।प्रतिस्पर्धात्मक खेलमा दोस्रो हापको बिसौ मिनेटमा पथरीका सनम धिमालले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई विजयी गराए ।
उनै सनम खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आइतबार दिनको ३ बजे धरान सिटी सुनसरी र झापा ११ भिड्नेछन ।
असोज १२ गते सम्म स्नचालन हुने प्रतियोगिताको विजेताले नगद तीन लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुइ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
