News
एएफसी यु–२० एसियन कप छनौटमा नेपालको खराब शुरुवात
काठमाडौं । शनिबारदेखि चाइनिज ताइपेईमा शुरु एएफसी यु–२० एसियन कप छनौटतर्फ आफ्नो समूहको पहिलो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।
न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको समूह बी तर्फको पहिलो खेलमा नेपालले कम्बोडियासँग १–४ को हार बेहोरेको हो । खेलमा नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए ।
यो पहिलो हारसँगै नेपालको समूह चरण पार गर्ने सम्भावना शुरुवातबाटै कठिन बनेको छ । नेपालले आफ्नो आगामी खेल सोमबार घरेलु टोली चाइनिज ताइपेइसँग खेल्नेछ । त्यसवाहेक नेपालले दुई बलिया टोली बहराईन र उज्वेकिस्तानसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट