News
दोस्रो जहरसिंह पौवा कप असोज १२ देखि
काठमाडौं । जहरसिंह पौवा युवा क्लब, शंकरापुर–३, काठमाडौंको आयोजनामा यही असोज १२ गतेदेखि २३ गतेसम्म दोस्रो जहरसिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
शंकरापुरा–३ स्थित जहरसिंह पौवा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै