अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८१ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पथरी ११ फुटबल क्लब द्वार आयोजित प्रतियोगिता, पथरी रंगशालामा यहि मिति २०८१ असोज ५ गते देखि १२ गते सम्म सन्चालन हुने छ। खेल संयोजक जितन राईले गोल्डकपको मुख्य सहयोगी, मुख्य प्रायोजक, सह–प्रायोजक र प्रायोजकहरु टुङ्गो लागिसकेको जानकारी गराउँदै गोल्डकपलाई सबैले सहयोग गर्न अपिल गरे ।
यस्तैगरी आयोजक समितिका अध्यक्ष सुमन विकका अनुसार खेल तालिका सार्वजानिक भए संगै पुरस्कारहरुको पनि टुङ्गो लागिसकेको बताउनु भयो। करिब ४० लाख लागतमा सम्पन्न हुने गोल्डकपको विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् भने हरेक विधागततर्फ पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
असोज ५ गतेदेखि सञ्चालन हुने गोल्डकपमा इन्ट्रा पथरी ११ फुटबल मोरङ, पाँचथर क्लब पाँचथर फिदिम, झापा ११ फुटबल क्लब, धरान सिटी फुटबल क्लब, यु.के.एफ.सी. भारत, संकटा फुटबल क्लब काठमाडौं, बिग्रेड व्वाइज क्लब काठमाडौं र सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा अमेरिका स्थित ईन्ट्रा फाउण्डेसन रहेको छ भने प्रतियोगिताको मेडिया पार्टनरमा गोलनेपाल र पिएल टि भी एचडी रहेको छ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय