News
चौथो जितका साथ वालिङ चौथो स्थानमा
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत लयमा फर्किएको संकेत देखाएको वालिङ नगरपालिकाले छैठौं चरणको अन्तिम खेलमा जित निकाल्दै लिगतालिकाको शिर्ष चारमा उक्लिएको छ ।
बिहीबार भएको एक मात्र खेलमा वालिङले बागमती युवा क्लब,लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै सिजनको चौथो जित दर्ता गर्न सफल भयो ।
एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा वालिङका लागि सिसी एन्टोङ्गो र ज्याकलिन नसालीलेसमान दुई–दुई गोल गर्दै वालिङको प्रभावशाली जित पक्का गरे ।
यो ेजितपछि ६ खेलबाट १२ अंक जोडेको वालिङ लिगतालिकाको चौथो स्थानमा छ । पराजित बागमती भने ४ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित