
राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिशा खड्गी सोमबार नगदसहित सम्मानित भएका छन् ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न महत्वपूर्ण योगदान गरेकोमा थापाथली जनकल्याण परिवारले आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा अन्य क्षेत्रमा योगदान पु¥याउनेलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
विराजको कप्तानीमा नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, मलेसियामा भएको एएफसी सोलिडारिटी कप र भारतमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो ।
मेलिशाले टप माउन्टेन तेक्वान्दो संघ, हङकङले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा हङकङमा आयोजना गरेको नवौं तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । मेलिशा आठौं संस्करणको पनि स्वर्ण विजेता हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उप मेयर हरिप्रभा खड्गीले दुवैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै