News
आर्मीसँग कोशी निरीह

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित दर्ता गरेको छ । आर्मीले मंगलबार छैठौं चरणको पहिलो खेलमा कोशी प्रदेशमाथि ५–० को एकतर्फी जित निकाल्यो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि बिमला चौधरी र अनिता लम्जेलले समान दुई–दुई गोल गर्दा थप एक गोल हिमा चौधरीले गरेकी थिईन् ।
यो जितपछि ६ खेलबाट १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । पराजित कोशी भने १० अंकका साथ चौथो स्थानमा यथावत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
(तस्विरः एन्फा)
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा