News
वालिङसँग निराश सुदुरपश्चिमको संघर्ष जारी
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार वालिङ नगरपालिकाले उत्कृष्ट जित हात पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।
सोमबार भएको एक मात्र खेलमा वालिङले पुछारमा संघर्षरत सुदुरपश्चिम माथि ५–१ को जित निकाल्यो । वालिङका लागि भिओला नामुडुले ह्याट्रिक पूरा गर्दा ज्याकलिन नसाली र सुष्मा तामाङले एक–एक गोल गरे । उता पराजित सुदुरपश्चिमका लागि भने रितिका कार्कीले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितपछि ५ खेलबाट ९ अंक जोडेको वालिङ लिगतालिकाको पाँचौं स्थानमा छ । उता एउटै जित र अंक जोड्न नसकेको सुदुरपश्चिम भने लिगतालिकाको पुछारमै संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
(तस्विरः एन्फा)
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै