News
भेडाबारी युनाइटेड गोल्डकपको सेमिफाइनलमा
कावासोती । भेडाबारी फुटबल क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
भेडाबारीले तेस्रो क्वाटरफाइनलतर्फ सेन्ट्रल कलेज २८ बिगाहा क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने भेडाबारीले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
प्रतियोगिता अन्तर्गत भदौ २५ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल एभरेष्ट क्लब र दुम्कीबास युथ क्लब बीच हुने आयोजकले जानकारी दियो ।
युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा