
काठमाडौं । गत साता घरमै सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपविजेता बनेको नेपाली यु–२० फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
एन्फाको हालै बसेको कार्यसमितिको बैठकले साफ यु–२० च्याम्पियनसिपको फाइनल खेलेका युवा खेलाडीहरुलाई जनही ५०–५० हजारका दरले पुरस्कृत गर्ने भएको हो । त्यस्तै एन्फाले प्रतियोगिताको टिकट बिक्रीबाट उठेको २० प्रतिशत रकम पनि खेलाडीहरुलाई दिने घोषणा गरेको छ ।
यो निर्णयसँगै खेलाडीहरुले थप १५,०४० रुपैयाँ पाउने भएका छन् । अर्थात समग्रमा एउटा खेलाडीले ६५,०४० रुपैयाँ पाउने एन्फाले जनाएको छ । त्यस्तै यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठलाई ५० हजार दिइने निर्णय भएको छ ।
त्यसैगरी सहायक प्रशिक्षकद्वय ससेन्द्र धिमाल र राजु सिंह महर्जनले जनही २५–२५ हजार पाउने भएका छन् । साथै टिम म्यानेजर रबिन खड्का तथा टिम फिजियोथेरापिस्ट अनिष बुढाथोकीले पनि जनही २५–२५ हजार पाउने एन्फाले जनाएको छ ।
स्मरण रहोस, गत साता भदौ १२ गते एन्फा कम्प्लेक्समा भएको साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग ४–१ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाउन बाध्य हुनुपरेको थियो ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा