तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ ।
उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परीवर्तन गरी ओपन हर्ट शल्यक्रिया गर्नुपर्ने भएको छ । गत बैसाख ११ गते मुटुको समस्याको कारण अचानक प्रेसर लो भएर खापुङ ढलेका थिए र शरीरको देब्रे भाग पुरै प्यारालाइसिस पनि भएको थियो । उनको तत्कालका लागि वि.पि. कोइराला प्रज्ञा प्रतिष्ठान धरान घोपामा उपचार गरिएको थियो ।
चिकित्सकको सल्लाह र रिपोर्ट बमोजिम उनको आज गंगालाल हस्पिटलमा अप्रेशन हुदैछ । प्यारालाइसिस भए पश्चात उनी आफै हिडडुल गर्न समेत नसक्ने अवस्थामा थिए । शुरूवाती समय भन्दा पछिल्लो समय केही सुधार भने आउँदै थियो ।
उपचार पश्चात चॉडै मैदानमा रेफ्रीको भूमिकामा देख्न पाइयोस GoalNepal सफल उपचारको कामना गर्दछौ ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि