बिराटनगर । स्थानीय र युवा खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ बिराटनगर सिटी फुटबल क्लबको आयोजनामा सम्पन्न प्रथम बिराटनगर क्लब्स फुटसल कप यु–१४ फुटसल प्रतियोगिताको उपाधि डिपिएस एकेडेमीले जितेको छ । फाइनलमा बिराटनगर सिटी फुटबल एकेडेमीलाई पेनाल्टी शुटआउटमा हराउँदै डिपिएस च्याम्पियन बनेको हो ।
प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सुझाव, सहयोग र सहभागिता जनाउने सबै शुभेच्छुक, खेलाडी, क्लबहरुलाई आयोजकले विशेष धन्यवाद समेत दियो । स्थानीय बाल खेलाडीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा प्लेटफर्म मिलोस भनेर प्रतियोगिता आयोजना गरिएको आयोजकले बतायो ।
त्यसबाहेक बाल खेलाडीहरुलाई प्रतिस्पर्धात्मक अनुभव, आत्मियता र एकताबारे पनि बुझ्न प्रतियोगिताले थप टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ । आफ्नै क्षेत्रका प्रतिभावान खेलाडीहरुलाई फुटसलमा आकर्षित गर्न पनि प्रतियोगिताले थप सहयोग पुग्ने आयोजकको विश्वास छ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय