News साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल
गोलनेपाल

काठमाडौ । कठिन जितका साथ आयोजक तथा उपाधिको बलियो प्रत्याशी नेपाल जारी साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाईब्रेकरमा हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

खेलको ६०औं मिनेटमा जित्सुन दोर्जीको गोलबाट भुटानले खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो । यद्यपि खेलको ७८औं मिनेटमा निराजन धामीले नेपालका लागि बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल बराबरीमा टुंगिएपछी टाईब्रेकरमा नेपालले भुटानमाथी ४-१ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गरे ।

नेपालले अब सोमबार हुने दोस्रो सेमिफाइनलतर्फ साविक विजेता भारत र बंगलादेश बीचको विजेतासँग फाइनल खेल्नेछ ।

Post Comments