News मोना एफसीलाई तेस्रो युनिटी कपको उपाधि
उमेश पुन

काठमाडौं । युनिटी क्लब, हङकङको आयोजनामा हङकङमा रहेका नेपाली समुदायका क्लबहरुबीच भएको तेस्रो युनिटी कप फुटबल प्रतियोगिताको उपाधि मोना फुटबल क्लबले जितेको छ ।

फाइनलमा युवा फुटबल क्लबलाई हराउँदै मोना च्याम्पियन बनेको हो । विजेता बनेको मोना एफसीले उपाधिसहित नगद १३ हजार हङकङ डलर हात पार्यो ।

त्यस्तै उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने टोली र खेलाडीहरुलाई पनि उचित पुरस्कारका साथ पुरस्कृत गरिएको आयोजकले जानकारी दियो ।

Post Comments