
छथर । तेह्रुमको छथर गाउँपालिकाको शुक्रबारेमा सम्पन्न पॉचौ छथर गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको उपाधी एफ.सी. कुपी छथरले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा सडन डेथ मार्फत छथर जोरपाटी धनकुटालाई पराजित गर्दै कुपीले उपाधी जितेको हो । खेलको निर्धारीत समयमा एक एकको बराबरी भएपछी खेल ट्राइवेकर तर्फ धकेलिएको थियो ।
खेलको पहीलो हापमा जिवन राईको गोल मार्फत अग्रता बनाएको धनकुटाले खेलको अन्तिम मिनेट सम्हालिन नसक्दा बराबरी गोल खान पुग्यो । दोस्रो हापको इन्जुरी समयको अन्तिम मिनेटमा एफ.सी. कुपीले पाएको कर्नर किक मार्फत क्याप्टेन महेन्द्र कार्कीले हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
ट्राइवेकरमा पनि तीन तीन गोलको बराबरी भएपछी खेलको नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।
उपाधीसँगै एफ.सी.कुपीले नगद २ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।उपविजेता छथर जोरपाटी धनकुटाले रू.एक लाख सहित ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगिताको म्यान अफ द म्याच छथर जोरपाटीका विवेक राई,वेष्ट डिफेन्डर एफ.सी. कुपीका सौभाग्य राई,वेष्ट स्ट्राइकर छथर जोरपाटीका जीवन राई,वेष्ट मिडफिल्डर एफ.सी. कुपीका मौषम सुब्बा,वेष्ट गोल रक्षक एफ.सी. कुपीका रेम्बो चौधरी घोषित भए । उनीहरूले जनही तीन हजार सहित ट्रफी प्राप्त गरे ।