News
इण्डोनेसियन लिगमा रोहितको टोलीको खराब शुरुवात
काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिग लिगा वानको नयाँ सिजनमा नेपालका स्टार डिफेन्डर रोहित चन्द आवद्ध रहेको टोली पेर्सिक केदिरीले नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।
रोहितको टोली पेर्सिकले आफ्नो पहिलो खेलमा बाली युनाइटेडसँग ३–१ को हार बेहोर्दै नयाँ सिजनमा खराब शुरुवात गर्न बाध्य बनेको हो । खेलमा रोहितले पहिलो रोजाई मै रहेर पूरा समय खेले ।
पेर्सिकले आफ्नो दोस्रो खेल आउँदो अगस्त १९ तारीख सोमबारका दिन पिएसएस स्लेमनसँग खेल्नेछ । स्मरण रहोस, रोहितको टोलीले गत सिजन लिगतालिकाको नवौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । लिग उपाधि भने बोर्नियोले जितेको थियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने