News
म्याङलुङमा नेत्र गुरागाई स्मृति गोल्डकप भदौ ७ गते देखि

म्याङलुङ । सदा झैं ऐतिहासिक लाखे जात्रा तथा श्री कृष्ण जन्माष्टमीको अवसर पारी आउँदो भदौ ७ गतेदेखि म्याङलुङ स्पोर्टिङ युवा क्लब, म्याङलुङ, तेह्रथुमको आयोजनामा नेत्र गुरागाई स्मृति गोल्डकप पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
म्याङलुङ रंगशालामा भदौ १५ गतेसम्म चल्ने प्रतियोगितालाई यस वर्ष पनि सभ्य र भव्य रुपमा सम्पन्न गर्ने योजनामा रहेको आयोजक म्याङलुङ स्पोटिङ युवा क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिए ।
प्रतियोगितामा पुरूषतर्फको विजेताले २ लाख सहित रनिङ ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्नेछ भने महिलातर्फ विजेताले १ लाख तथा उपविजेताले ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राजाहाङ पिरति सुब्बाले बताए । त्यसैगरी विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक सुब्बाले जानकारी दिए ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो