News
प्रथम त्रिवेणी र लोकल युथ ब्वाईज कप हुँदै (खेलतालिकासहित)

काठमाडौं । त्रिवेणी युवा क्लब र लोकल युथ ब्वाईज क्लबको आयोजनामा यही साउन २६ गतेदेखि प्रथम त्रिवेणी र लोकल युथ ब्वाईज कप यु–१८ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा साउन २६ गतेका दिन २ बजे हुने पहिलो खेलमा आयोजकको टोली र आमचोक युवा क्लब भिड्ने छन् । त्यस्तै ३ बजे हुने दोस्रो खेलमा फोक्ताङ युथ क्लब र फुङ्नाम स्र्पोटिङ क्लब भिड्ने छन् ।
कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न