
बुढिगंगा । यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा दुई गोल्डेन स्टार युथ क्लब भिड्ने भएका छन् । बिहीबार दोस्रो सेमिफाइनलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीले जित हात पार्दै फाइनल प्रवेश गरेपछि उपाधिका लागि दुई गोल्डेन स्टार युथ भिड्ने पक्का भएको हो ।
स्मरणीय छ, यसअघि बुधबार मात्रै भएको पहिलो सेमिफाइनलमा गोल्डेन स्टार युथ क्लब, भलुवा जुनियरले फाइनल स्थान सुरक्षित गरिसकेको थियो । यता बिहीबार भएको दोस्रो सेमिफाइनलमा अर्को गोल्डेन स्टार युथ क्लबले जुनियर फुटबल क्लब, लखन्तरी, मोरङलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
गोल्डेन स्टारका लागि धिरज चौधरी, हर्षित चौधरी र श्रवण गच्छदारले गोल गरे । पराजित जुनियरका लागि बिनोद चौधरी र रितेश राजवंशीले गोल फर्काएका थिए । खेलमा गोल्डेन स्टारका हर्षित चौधरी म्यान अफ द म्याच घोषित भए ।
अब साउन २६ गते शनिबार हुने फाइनलमा गोल्डेन स्टार युथ क्लब, भलुवा जुनीयर र गोल्डेन स्टार युथ क्लब, भलुवा सुनसरी उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि