काठमाडौं । खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् ।
उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको बर्गीकरण गरिने पनि उल्लेख गरे ।
खेलकुदका विकास र खेलाडीका पक्षमा आफुले अप्रिय निर्णय लिन पनि पछि नपर्ने मन्त्री चौधरीको भनाई छ । विदाई कार्यक्रममा शिव कोईरालाले परिषद्मा चार बर्ष उपाध्यक्षका रुपमा काम गर्दै धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै बिषय रहेको उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए । खेलकुद विमालेख कार्यान्वयनमा ल्याईएको तथा कानूनी रुपममा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोईरालालाई सम्मान पत्र सहित बिदाई गरिएको थियो । कोईराला २००७७ साल साउन १२ गते चार बर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि