News बंगलादेशसँग भुटान निरीह
गोलनेपाल

थिम्पु । बंगलादेश र भुटानको राष्ट्रिय महिला फुटबल टोली बीच भएको पहिलो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा बंगलादेशसले फराकिलो जित हात पारेको छ । बुधबार थिम्पुमा भएको पहिलो मैत्रीपूर्ण म्याचमा बंगलादेशले भुटानलाई ५–१ ले हराएको हो ।

थिम्पु स्थित चाङलिमिथाङ राष्ट्रिय स्टेडियममा भएको खेलमा शुरुवाती अग्रता भने भुटानले नै लिएको थियो । खेलको १३औं मिनटमा प्रेमा छिरिङको गोलबाट घरेलु टोलीले खेलमा सनसनीपूर्ण अग्रता बनाए तापनि त्यसपछि पाहुना टोली बंगलादेश हावी बन्यो ।

बंगलादेशका लागि सगोरकाले ह्याट्रिक गरीन् । उनले खेलको ४९, ७६ र ९०औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिईन् । त्यस्तै थप दुई गोल भने ५३औं मिनटमा सबिना खातुन र ५५औं मिनटमा रितु पुर्ण चक्माले गरेकी थिईन् ।

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि थिम्पु आएको बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २७ जुलाईका दिन खेल्नेछ ।

Post Comments