News मनाङको शिर्षता, आर्मीलाई पहिलो अंक
गोलनेपाल

काठमाडौं । एन्फा युथ लिग अन्तर्गत तेस्रो चरणको खेलहरु समापन हुँदासम्म लिगतालिकामा मनाङ मस्र्याङ्दी क्लब शिर्षता बनाउँदा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो अंक जोडेको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । मनाङका लागि सुजल डंगोलले एक मात्र निर्णायक गोल गरे ।

यो जितपछि ३ खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोडेको मनाङ शिर्ष स्थानमा छ । पराजित जावलाखेल भने २ अंकका साथ नवौं स्थानमा छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजापछि ३ खेलबाट एक अंक जोडेको आर्मी दशौं स्थानमा छ । उता पुलिस भने ७ अंकका साथ दोस्रो स्थानमा छ ।

डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments