News
एएफसी महिला च्याम्पियन्स लिग: समूह सी मा एपिएफ
काठमाडौं । यसै वर्षदेखी शुरु हुन गईरहेको पहिलो संस्करणको एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छ्नौट प्रतियोगितातर्फ नेपालको एपिएफ फुटबल क्लब समूह सी मा परेको छ ।
एएफसीको मुख्यालयमा बिहीबार निकालिएको ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । जहाँ एपिएफले उज्वेकिस्तानको पिएफसी नसाफ र मलेसियाको सबाह एफएसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलहरु अगस्त २५ देखि ३१ तारीखसम्म हुनेछ । एपिएफले खेल्ने खेलहरु भने सबै मलेसियामा हुने एन्फाले जनाएको छ ।
प्रारम्भिक चरणतर्फ १३ टोलीहरुलाई चार समुहमा बिभाजन गरिएको छ । प्रत्येक समुहको शिर्ष टोली माथिल्लो वरियताका थप ८ टोलीहरु बीच हुने महिला च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ्न ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट