News
युथ लिगको मेडिकल पार्टनरमा स्टार हस्पिटल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र स्टार हस्पिटल बीच आइतबारदेखि शुरु भएको एन्फा युथ लिगका लागि मेडिकल सहकार्यलाई लिएर सम्झौता भएको छ । यो सम्झौतासँगै स्टार हस्पिटल युथ लिगको आधिकारिक मेडिकल पार्टनर समेत बनेको छ ।
सम्झौता अनुसार स्टार हस्पिटलले युथ लिग अवधिभर मैदानमा दक्ष चिकित्सकसँगै अत्याधुनिक एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । साथै प्राथमिक उपचारसँगै आवश्यक भवितव्य उपचार मैदान मै दक्ष जनशक्तिबाट उपलब्ध गराउने सम्झौता भएको छ ।
आइतबार एन्फा कम्प्लेक्समा भएको उक्त सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष पंकज विक्रम नेम्वाङ तथा स्टार हस्पिटलको तर्फका अध्यक्ष किशोर कुमार महर्जनले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरे ।
Post Comments
Related News
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण