काठमाडौं । ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले प्रतियोगिता तयारी पूरा भएकोबारे जानकारी गराउन बुधबार एक कार्यक्रमको आयोजना गरेको थियो ।
एन्फाका अनुसार लिगमा सहभागिता जनाउने कुल १२ टोलीहरुले तयारी खर्च वापत जनही ३ लाख ५० हजारका दरले तयारी खर्च पाउने पनि जानकारी गराइयो । लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार पाउने लिग संंयोजक दिपक खतिवडाले जानकारी दिए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही १५–१५ हजारका दरले नगद पुरस्कार र ट्रफी हात पार्ने संयोजक खतिवडाले बताए । त्यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रसारण एन्फाको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्मरण रहोस, यही असार ३० गतेदेखि एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेड भिड्ने कार्यक्रम छ । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली लिग विजेता बन्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”