News
अष्ट्रेलियालाई तेस्रोपटक उपाधि
काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा सम्पनन पूर्वी एसियाका देशहरु सम्मिलित एसियान यु–१६ ब्वाईज च्याम्पियनसिपको उपाधि अष्ट्रेलियाले जितेको छ । स्मरणीय छ, अष्ट्रेलियाले यसअघि सन् २००८ र २०१६ मा पनि यो उपाधि जितेको थियो ।
इण्डोनेसियन शहर सुराकर्तामा भएको उपाधि भिडन्तमा अष्ट्रेलियाले थाइल्याण्डलाई सडन डेथमा ८–७ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक इण्डोनेसियाले भियतनामलाई ५–० ले हरायो । स्मरण रहोस, सेमिफाइनलमा इण्डोनेसियाले अष्ट्रेलियासँग हार बेहोरेको थियो भने भियतनामले थाइल्याण्डसँग पराजय बेहोरेको थियो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट