News दोस्रो उपमेयर महिला गोल्डकपको तयारी पूरा (खेलतालीकासहित)
गोलनेपाल

गाईघाट । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा यही असार ११ गतेदेखी शुरु हुन गईरहेको दोस्रो उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

थरुहट उदयपुर रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान महिला फुटबल क्लब, सुनसरी र हेटौडा फुटबल ऎकेडेमी, मकवानपुर भिड्ने छन । कुल ८ टोलीहरुलो सहभागिता रहने प्रतियोगिताको फाइनल खेल असार १८ गतेका दिन हुनेछ ।

त्रीयुगा नगरपालिका, गाईघाटको मुख्री प्रायोजन रहेको प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्ट्नर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments