म्याङ्लुङ । तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पॉचथर र ओखलढुंगा पुगेका छन ।
मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनलमा उदयपुरलाई ३-० ले पराजित गर्दै पॉचथर सेमिफाइनल पुगेको हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा ओखलढुंगाले ट्राइबेकरमा ५-४ गोल अन्तरले तेह्रथुमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारीत समयमा दुवै टिमबाट गोल नभएपछी खेलको नतिजा ट्राईवेकर मार्फत निकालिएको थियो ।
बॉकी दुइ क्वाटरफाइनलका खेल बुधबार हुनेछन। जसमा संखुवासभा र मोरङ तेस्रो क्वाटरफाइनल खेल्नेछन। संखुवासभाले खोटाङलाई ४-१ गोलले पराजित गरेर बाइमा रहेको मोरङसंग आमुन्ने सामुन्ने हुने भएको हो ।
अन्तिम क्वाटरफाइनलमा झापा र सुनसरी भिड्नेछन । झापाले ताप्लेजुङलाइ ३-२ गोल अन्तरले पराजित गर्दै बाइमा परेको सुनसरीसंग क्वाटरफाइनल आफ्नो भेट पक्का गरेको हो ।
असार ३ गते शुरु भएको प्रतियोगिता ८ गते सम्म सन्चालन हुने खेलकुद विकाश समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बरालले बताए ।
१४ टीम सहभागी प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि