News
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
काठमाडौ । नेपालको विभागीय फुटबल टोली एपिएफ फुटबल क्लबले एसियाली फुटबलको प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको पहिलो संस्करण खेल्ने पक्का भएको छ ।
प्रतियोगितामा एसियाका २२ देशका लिग च्याम्पियनहरुले सहभागित जनाउने छन । दक्षिण एसियाबाट भने नेपालको एपिएफसँगै भारतको ओडिशा एफसी र भुटानको आरटीसी एफसीले सहभागिता जनाउने छन ।
त्यसबाहेक प्रतियोगितामा एसियन पावरहाउस जापन, दक्षिण कोरिया, इरान, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, सिंगापुर, युएई, थाइल्यान्ड लगायतका कुल २२ देशका लिग च्याम्पियनहरुले पनि सहभागिता जनाउनेछन ।
प्रतियोगिताको आयोजना मिति, स्थलबारे विस्तृत रुपमा भने छिटै जानकारी गराईने एएफसीले जनाएको छ । यद्यपि प्रारम्भिक चरणको खेलपश्चात समूह चरणको खेलहरु भने अक्टोबरमा हुने बताईएको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट