News सहज जितका साथ रारा एफसी सेमिफाइनलमा
गोलनेपाल

भलुवा । सहज निकाल्दै रारा फुटबल क्लब, राजारानी, धनकुटा यहाँ जारी दशौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा राराले आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

भलुवा खेल मैदानमा भएको खेलमा राराका लागि राम वजीले दुई गोल गरे भने थप एक गोल जय गुरुङले गरे । खेलमा राराका दुई गोलकर्ता राम वजी प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार बापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ ३२ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल सलहेश युवा क्लब, सिरहा र एपिएफ क्लब, कोशी प्रदेश बीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार ४ गतेका दिन हुनेछ ।

Post Comments