News
सामाजिकको जित, साँगा र स्वयम्भु रोकिए

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आफ्नो अन्तिम खेलमा सामाजिक युवा क्लबले रोमाञ्चक जितका साथ सिजनको समापन गरेको छ । सोमबार भएको दिनको पहिलो खेलमा सामाजिकले गोलबजार स्र्पोटस क्लबलाई २–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकका लागि वसन्त राना र विजय दोङले गोल गरे । उता पराजित गोलबजारका लागि भने रिवाज बस्नेतले एक मात्र गोल फर्काए ।
यो जितपछि १३ खेलबाट २२ अंक जोडेको सामाजिक लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित गोलबजार भने ७ अंकका साथ पुछारमा रहेर सिजनको समापन गरेको छ ।
सोमबार नै भएको अर्को खेलमा स्र्पोटस एकेडेमी साँगा र स्वयम्भु क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १३ खेलबाट १६ अंक जोडेको साँगा लिगतालिकाको नवौं स्थानमा छ । १४ अंक जोडेको स्वयम्भु भने १२औं स्थानमा छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग