News बाग्लुङ्ग, कास्की, म्याग्दी र तनहुँ सेमिफाइनलमा
उमेश पुन

पोखरा । बाग्लुङ्ग, कास्की, म्याग्दी र तनहुँ जिल्ला यहाँ जारी गण्डकी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालामा भएको क्वाटरफाइनलतर्फ बाग्लुङले पर्वतमा ि४–० को जित निकाल्यो । खेलमा बाग्लुङ्गका आयुष खड्का म्यान अफ द म्याच घोषित भए ।

कास्कीले नवलपुरलाई समान शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा कास्कीका बिक्रम गौतम म्यान अफ द म्याच चुनिए ।

म्याग्दीले भने स्याङ्जाको चुनौति टाईब्रेकरमा ४–३ ले समाप्त पार्यो । त्यस्तै तनहुँले लमजुङ्गलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

Post Comments