News हनामी बिएफसी र कोहलपुर रेसिङ्गको पहिलो सेमिफाइनल भिडन्त
सुरज राना मगर

सुनवल । यहाँ जारी प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा हनामी बिएफसी, चितवन र कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँके भिड्दै छन् ।

बिएफसी र कोहलपुर दुवै टोली प्रतियोगिताको फाइनल प्रवेश गर्ने योजनामा छन् । बिएफसीले उद्घाटन खेलमा नवलपरासी–११ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो भने कोहलपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो ।

खेल सुनवल–१२, भुमही स्थित शहिद स्मृति रंगशालामा ४ बजेदेखि शुरु हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments